काठमाडौं महानगरले राप्रपालाई गर्‍यो जरिवाना तिर्न निर्देशन

0 Shares

काठमाडौं । काठमाडौं महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जरिवाना गरेको छ । प्रदर्शनका क्रममा महानगर क्षेत्रमा फोहोर गरेको तथा ट्राफिक आइल्याण्डमा क्षति पुगेको भन्दै जरिवाना गराएको हो ।

महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम जरिवाना तिराएको हो । महानगरले आइल्याण्ड मर्मत गर्न २२२ रुपैयाँ जरिवाना गराएको छ ।

त्यस्तै, फोहोर व्यवस्थापन ऐन, २०६८ को दफा ३९ (१) बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको महानगरले जनाएको छ ।

राप्रपा पार्टी कार्यालयमा पत्र पठाउँदै महानगरले जरिवनाको रकम महानगरको एनआईसी एशिया बैंकको खाता नम्बर ००१२०५००६१४७५०४७ मा दाखिला गर्न निर्देशन दिएको छ ।

 

सम्बन्धित समाचार