0
Shares
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि पनि दिपेश पुन थुनामा गएका छन् ।
रुपन्देही जिल्ला अदालतले आज पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई चार लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
तर, उनले तोकिएको धरौटी नबुझाएपछि थुनामा गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।