सन नेपाल लाइफको आठौँ वार्षिकोत्सव सम्पन्न, प्रतिसेयर नेटवर्थ कति?

0 Shares

काठमाडौं । विं.सं. २०७४ असोज ६ गते सामाजिक सेवा दिवसको अवसरमा कारोबार सुरु गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

कम्पनीले मुलुकभर १४६ कार्यालय, ३६२ कर्मचारीसँगै ४० हजार ९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ । हाल कम्पनीको चुक्तापूँजी ५ अर्ब ३ करोडभन्दा बढी रहेको छ ।

कम्पनीको जगेडा कोषमा दुई अर्ब २३ करोड तथा जीवन बीमा कोषमा १० अर्ब १० करोडभन्दा बढी कायम छ । कम्पनीको नेटवर्थ रकम १५४.३५ रुपैयाँ रहेको छ । सो आधारमा कम्पनीको जोखिम धारण गर्ने क्षमता वृद्धि हुँदै गएको व्यहोरा गरिएको छ ।

कम्पनीलाई आजको स्थितिमा पुर्याउनका लागि मार्गदर्शन गर्ने नियामक निकायहरू, सेवाग्राही, अभिकर्तालगायत सम्पूर्ण सरोकारवाला पक्षहरुप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनमा थप प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार