0
Shares
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी २० क्रिकेटमा यूएईविरुद्ध नेपालले कमजोर ब्याटिङ गरेको छ । नेपालले लगातार चार विकेट गुमाएको छ ।
नेपालले तेस्रो विकेटको रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो । तेस्रो नम्बरमा क्रिजमा पुगेका रोहितले १८ बलमा पाँच रन बनाउँदै पेभेलियन फर्किए ।
उनलाई यूएईका बलर अली नासिरले विकेट किपर सैयद हैदरद्वारा क्याच आउट गराएका थिए । रोहित आउट हुँदा नेपालको खातामा ३८ रन बनेको थियो ।
कप्तान पौडेल आउट भएसँगै क्रिजमा पुगेका कुशल मल्ल पनि आउट भएका छन् । उनले पाँच बलमा तीन रन बनाएर फर्किएका हुन् ।
यसअघि ओपनर कुशल भुर्तेललाई पहिलो बलमै आउट भएका थिए । उनीपछि अर्का ओपनर आसिफ शेखलाई गुमाउन पुगेको थियो । शेख ११ बलमा एक छक्काको मद्दतले आठ रन बनाएर आउट भएका हुन् ।