काठमाडौं । नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्राण्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुने बजाजको ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’मा पुराना मोटरसाइकल वा स्कुटर सजिलै एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल लान सकिने छ ।
ग्राहकलाई लक्षित गरी ल्याइएको यस योजनामा २२ भन्दा बढी भ्यालुयटरबाट आफ्नो पुरानो सवारीसाधनको उच्चतम् मूल्याङ्कन प्राप्त गर्न सकिने छ । साथै, एडिस्नल भ्यालुयटरबाट १० हजार रुपैयाँसम्मको,आकर्षक नगद छुट, फ्री एक्सेसरिज र अन–द–स्पट फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी सहभागीले प्रत्येक दिन हुने लक्की ड्रमार्फत ५० हजारसम्म जित्ने अवसर पाउने छन् । साथै, ‘चेतक एक्सपिरियन्स जोन’मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन पनि सकिनेछ । यस योजनाअनुसार जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याई तत्कालै नयाँ बजाज बाइक खरिद गर्न सकिने छ ।
त्यस्तै नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले, पहिले जस्तै घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्र जस्ता कागजात आवश्यक पर्ने छैन । शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा बाइक लिन चाहने ग्राहकले पनि अन–द–स्पट फाइनान्स गरेर सजिलै मोटरसाइकल प्राप्त गर्न सक्ने छन् ।
बजाजले यसअघि नै दसैं तिहारलाई लक्षित गर्दै ‘बजाज प्रिमियर लिग (बिपिएल)’पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकले जति धेरै रन, त्यति धेरै पुरस्कार, सातै प्रदेशबाट हरेक हप्तामा ५० हजार रुपैयाँ नगद उपहार, प्लेयर अफ द विक बन्ने ग्राहकलाई एक लाख नगद, चर्चित क्रिकेटरसँग भेट्ने विशेष अवसर पाउने छन् ।
हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडबाडको अवसरमा ग्राहकलाई अझ सुलभ, सहज र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले यस्ता एक्सचेन्ज कार्यक्रम निरन्तर आयोजना गर्दै आएको छ ।