टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल, फाइनलमा पुग्न जित्नै पर्ने

0 Shares

काठमाडौं । एसिसी प्रिमियर कप टि २० क्रिकेट प्रतियोगिताअन्तर्गत यूएईविरुद्धको सेमिफाइनलमा नेपालले टस हारेको छ ।

ओमानको अल अमरात क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जित्दै नेपाललाई ब्याटिङको निम्तो दिए । नेपाल समूह‘ए’ को विजेता बन्दै सेमिफाइलमा पुगेको हो । यूएई समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो ।

समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो । नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट र साउदी अरेबियालाई छ विकेटले पराजित गरेको थियो ।

त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ र कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो ।

आजै हुने अर्को सेमिफइनलमा ओमान र हङकङबीच प्रतिस्पर्धा हुँदै छ ।

सम्बन्धित समाचार