आन्दोलनको क्षतिपछि पुनर्निर्माणमा लक्ष्मी टेक्नो प्लास्टको ऐतिहासिक योगदान

0 Shares

काठमाडौं । हालै भएको जेनजी आन्दोलनमा भौतिक संरचनामा ठूलो क्षति पुगेको सर्वविदित तथ्य हो । यस्ता चुनौतीपूर्ण परिस्थितिमा देश पुनर्निर्माणका लागि हातेमालो गर्न ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचरअन्तर्गतको लक्ष्मी टेक्नो प्लास्ट लिमिटेडले महत्वपूर्ण भूमिका निभाएको छ ।

कम्पनीले आगामी ३ महिनासम्म आफ्नो कुल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनर्निर्माणमा समर्पण गर्ने निर्णय गरेको छ । यस निर्णयलाई राष्ट्रिय उत्तरदायित्व र ऐतिहासिक योगदानको रूपमा लिइएको छ ।

‘हाम्रा संरचना हामी आफैं बनाउँछौँ’ भन्ने मूल नारालाई आत्मसात गर्दै कम्पनीले आफ्नो उत्पादनको बिक्रीबाट प्राप्त रकमको एक अंश पुनर्निर्माणमा खर्च गर्न लागेको हो । यसमार्फत क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसँगै देशभर आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलिने कम्पनीको विश्वास छ ।

कम्पनीका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुले भनिन्, ‘यो हाम्रो देश हो। यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो। हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौँ। यही हाम्रो दायित्व र प्रतिबद्धता हो ।’

भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारीमा रहेको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले ऐतिहासिक कदममार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सशक्त भूमिका निभाउने प्रयास गरेको छ ।

सम्बन्धित समाचार