शिवम् सिमेन्टद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरसफाइ

0 Shares

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपश्चात काठमाडौंमा भएको आगजनी तथा तोडफोडका कारण सिर्जना भएको असुविधा र अव्यवस्था व्यवस्थापनका लागि शिवम् सिमेन्टले सरसफाइ कार्यक्रम सुरु गरेको छ ।

कम्पनीले आज (सोमबार) जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै त्यहाँ सरसफाइ गर्नुका साथै दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचर समेत सहयोग गरेको छ ।

वर्तमान विषम् परिस्थितिमा आवश्यक सहयोग र श्रमदान प्रदान गर्दै, आगामी दिनहरूमा समेत निरन्तर श्रमदान तथा सरसफाइ कार्यक्रम सञ्चालन गर्ने कम्पनीले जनाएको छ । शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत समुदाय र सहरलाई व्यवस्थित र सफा बनाउन योगदान दिन प्रतिबद्ध रहेको जनाएको छ ।

‘वर्तमान परिस्थितिमा समुदाय र सहरको पुनर्निर्माणको लागि सहयोग र श्रमदान गर्नु हाम्रो कर्तव्य हो । हामी आफ्नो सामाजिक जिम्मेवारीअनुसार काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहनेछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार