जेनजी आन्दोलनले बन्द सागर डिष्टिलरी लिमिटेडको आईपीओ खुल्ला

0 Shares

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको साधारण शेयर (आईपीओ)को सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरल सर्वसाधारणसका लागि सेयर निष्कासन गरेको हो । यसअघि जेनजी आन्दोलनका कारण बन्द भएको थियो ।

कम्पनीले जारी पुँजी ७२ करोड ६० लाखको २० प्रतिशतका दरले हुन आउने १४ लाख ५२ हजार कित्ता आईपीओ सार्वजनिक निष्कासनका लागि छुट्याएको हो । कम्पनीलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडले ‘बी प्लस’ रेटिङ प्रदान गरेको छ ।

उक्त रेटिङले कम्पनीको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको जनाउँछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्ने छन् ।

कम्पनीको शेयर बन्द हुने मिति छिटोमा असोज २ गते र ढिलोमा असोज १३ गते रहेको बिक्री प्रबनधक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।

सागर डिष्टिलरी लिमिटेड देवचुली नगरपालिका १ नवलपरासीमा रजिष्टर्ड कार्यालय रहेको छ । यसको काठमाडौं महनगर १ मा कर्पोरेट कार्यालय रहेको छ ।

सम्बन्धित समाचार