भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा कति?

0 Shares

काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । तर, नेपाल आयल निगमले तत्कालका लागि मूल्य यथास्थितिमा राखेको छ ।

निगमका अनुसार आईओसीबाट भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेलमा ३ रुपैयाँ ४६ पैसा बढेर आएको हो ।

गत २३ र २४ गते भएको आन्दोलनसँगैको विषम परिस्थितिलाई मध्यनजर गर्दै पुरानै खुद्रा मूल्य कायम गरिएको निगमले जनाएको हो ।

सम्बन्धित समाचार