सुनको मूल्य सामान्य गिरावट, तोलामा कति पुग्यो?

0 Shares

काठमाडौं । गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख १५ हजार १०० रहेको छ । चाँदीको मूल्य प्रतितोला दुई हजार ५७० कायम भएको छ ।

गत शुक्रबार एक तोला सुनको मूल्य दुई लाख १५ हजार ८०० मा किनबेच भएको थियो । सोही परिमाणको चाँदी दुई हजार ५६५ मा खरिद बिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज विश्व बजारमा एक औँस सुन तीन हजार छ सय ४३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार