बाटोमा १७ लाख रुपैयाँ हराएपछि…

0 Shares

काठमाडौं । पोखरा महानगर ८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको १७ लाख जम्मा गर्न बैंक निस्कए ।

मोटरसाइकलको लेगार्डमा कालो रङ्गको झोलाभित्र पैसा राखेर उनी नयाँ बजारस्थित कृषि विकास बैंक पुगे । बैंकमा पुगेर हेर्दा पैसा भएको झोला मोटरसाइकलमा थिएन ।

पैसाको झोला बाटोमा खसेको मनोहरले पत्तो पाएनन् । वरपर खोज्दा झोला फेला नपरेपछि उनी ठूलो तनावमा परे । यसबारेमा प्रहरीलाई खबर पुग्यो ।

पोखराका मुख्य बजारबाट ठूलो रकम हराएको सूचनापछि जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माको कमाण्डमा तत्कालै प्रहरी परिचालित भयो ।

हराएको पैसाको झोला भारत घर भई पोखरा ३ नदीपुर बस्ने ६५ वर्षीय छोटुलाल शर्माले बाटोमा भेट्टाएका रहेछ । टिस्यु पेपर लगायतका व्यापार गर्ने शर्माले पैसाको झोला फेला पारेपछि प्रहरी खोज्दै हिँडेको अवस्थामा खोजीमा खटिएको प्रहरी टोलीले भेटाएको थियो ।

“पृथ्वीचोकबाट १७ लाख हरायो भनेपछि ठूलो घटना हुने भयो भनेर सबै ठाउँबाट तत्कालै प्रहरी परिचालित भयो,” प्रनाउ शर्माले भने, “पैसाको झोला भेटाएपछि उहाँ (छोटुलाल) प्रहरी खोज्दै हिँड्नु भएको रहेछ, प्रहरीलाई देख्ने वित्तिकै उहाँले पैसाको झोला बुझाउनु भयो ।”

प्रनाउ शर्माले फेला परेको पैसा सम्बन्धित व्यक्तिको पुष्टि भएपछि शर्माको रोहबरमा ज्वैलर्सका सञ्चालक पोखरा ५ बस्ने ४३ वर्षीय धुव्रकुमार सुनार बुझाइएको जानकारी दिए ।

सम्बन्धित समाचार