बहुचर्चित सुन तस्करी काण्डका नाइके गोरे पनि फरार

0 Shares

काठमाडौं। बहुचर्चित सुन तस्करी काण्डका नाइके चूडामणि उप्रेती गोरे पनि फरार भएका छन् ।

सुन तस्करी र व्यक्ति हत्याका नाइके गोरे सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका हुन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागारमा आगजनी र तोडफोड गर्दै कैदीहरु भागेका थिए। सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदी फरार भएका थिए ।

कारागारमा रहेका ३८ सय कैदीबन्दी मध्ये ५ सय मात्रै कारागारमा बसेका थिए । अहिले भने भागेका केही कैदीबन्दी फर्किएका छन् । केही भने फर्कने क्रममा रहेको बताइएको छ ।

नख्खु कारागारबाट निस्केका कैदीबन्दीहरुले राति १० बजेतिर आएर सुन्धारा तोडफोड गरेको सुरक्षा स्रोत बताउँछ । त्यसपछि सुरक्षाका लागि खटिएको नेपाल प्रहरी त्यहाँबाट भागेर आर्मी हेडक्वाटर पुगेको थियो।

 

सम्बन्धित समाचार