0
Shares
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो विकासित घटनाका विषयमा सम्बोधन गरेका छन् ।
प्रधानसेनापति सिग्देलले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न सबैको कर्तव्य भएको बताउँदै जेनजी आन्दोलनकारीलाई वार्तामा आउन आग्रह गरेका छन्।
सोमबारदेखि सुरु भएको आन्दोलनको पहिलो दिन १९ जनाको मृत्यु भएसँगै हिंसा भड्किएको थियो । आन्दोलनको दोस्रो दिन आज सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री निवाससँगै सार्वजनिक सम्पत्तिमा आगो लगाएर ध्वास्त बनाएको थियो ।
यस्तै, ठूला नेताको घरहरू आगजनी गरी नेतामाथि आक्रमण गरेका थिए । यस्तै, पूर्वपत्नी झलनाथ खनालकी श्रीमतीलाई आगो लगाएर हत्या गरेका थिए ।