0
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा आगजनी गरिएको छ ।
जेनजीका प्रदर्शनकारीले भक्तपुरको बालकोटस्थित ओलीको निवासमा आगजनी गरेका हुन् । सोमबार शान्तिपूर्ण भएको आन्दोलन दबाउने क्रममा १९ जनाको मृत्यु भएको थियो ।
आन्दोलनमा करिब पाँच सयभन्दा बढी घाइते भएका थिए । सरकारले नरसंहार गरे पनि प्रधानमन्त्री अोलीले आफू नेतृत्वको सरकारको गल्ती डाकछोप गर्ने प्रयास गरेका थिए । यसैबीच आन्दोलनको दोस्रो दिन आन्दोलनकारीले उनको निवासमा आगलागी गरेका हुन् ।
यसअघि आन्दोलनकारीले सत्ता साझेदारी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा तोडफोडसँगै आगजनी गरेका थिए ।