१९ जनाको मृत्युसँगै सामाजिक सञ्जाल चल्ने, सरकारलाई पश्चाताप नभएको बिफ्रिङ

0 Shares

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको हो ।

सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको छ ।

मन्त्री गुरुङले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको बताए । उनले भने, ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारण सामाजिक सञ्जाल खुलाउने निर्णय गरिएको हो ।’

प्रतिबन्ध भएकामध्येका एक्स अर्थात ट्वीटरले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नहुने गरी जवाफ फर्काएको प्रधानमन्त्रीले मन्त्रिपरिषदमा ब्रिफिङ गरेका थिए ।

जेनजीहरूको प्रदर्शनका कारण सोमबार काठमाडौंमा १७ र इटहरीमा २ जनाले ज्यान गुमाएका थिए । उनीहरूले भ्रष्टाचार अन्त्यसँगै सामाजिक सञ्जाल बन्दबारे आवाज उठाएका थिए ।

सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले यही १९ भदौमा मन्त्रिस्तरीय निर्णय गरेर सामाजिक सञ्जाल बन्द गराएको थियो ।

सम्बन्धित समाचार