मनकामना केबलकार बन्द हुने

0 Shares

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिन बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नु पर्ने भएकाले बन्द हुने भएको हो ।

मनकामना दर्शन प्रालि नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका ३ स्थित प्रसिद्ध धार्मिक स्थल मनकामना माईको मन्दिर जाने भक्तजनको सहजताका लागि २०५५ सालमा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।

सम्बन्धित समाचार