पोर्चुगलको समुन्द्रमा बेपत्ता धादिङका टेकबहादुरको शव फेला

0 Shares

काठमाडौं । दुई साताअघि पोर्चुगलको समुद्री किनारमा काम गर्ने क्रममा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ ।

सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत २४ गतेदेखि बेपत्ता भएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका ५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव फेला परेको हो ।

यसअघि उनीसँगै बेपत्ता भएका कटुञ्जेकै ३० वर्षीय धनबहादुर तामाङको शव फेला परिसकेको थियो । उनीहरू नाताम काकाभतिज थिए । दुवै जना चैत्र २४ गते शनिबार राति बेपत्ता भएका थिए ।

धनबहादुरको शव घटनाको भएकै भोलिपल्ट फेला परेको थियो । टेकबहादुर बेपत्ता भएका थिए । उनीहरूसँगै गएका अन्य दुई नेपाली सकुशल फर्किएका थिए ।

धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल पुगेका थिए । घटना हुनुभन्दा १८ दिनअघि क्रोसिया हुँदै टेकबहादुर पनि पोर्चुगल पुगेका थिए । उनीहरू मोन्तिजोमा बस्दै आएका थिए ।

सम्बन्धित समाचार