सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य एक लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक लाख ३९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार तेजावी सुन प्रतितोला एक लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार