0
Shares
काठमाडौं । जेनजी पुस्ताको आन्दोलन उग्र बनेपछि नेपाल प्रहरीको गोली लागेर सात जनाको मृत्यु भएको छ ।
सिभिल अस्पतालमा दुई जना, वीरको ट्रमा सेन्टरमा चार जना र बाँनेश्वर प्रदर्शन स्थलमा एक जना गरी सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलन नियन्त्रण भन्दा बाहिर गएपछि धेरै मानवीय क्षति भएको हो । सिभिल, वीर अस्पताल, पाटन सहित विभिन्न अस्पतालमा सयौंको संख्यामा घाइते भएको अस्पतालहरुले जनाएका छन् ।
धेरै प्रदर्शनकारी गम्भीर घाइते भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अस्पतालको भनाई छ ।
जेनजी आन्दोलनको नेतृत्व गर्ने व्यक्ति पहिचान नभएकाले नियन्त्रण भन्दा बाहिर जाँदा धेरै क्षति हुन पुगेको छ । राज्यले आन्दोलनमा दमन गरेपछि सात जनाको मृत्यु हुनुका साथै सायौंको संख्यामा घाइते भएका हुन्।