0
Shares
काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २० वर्षीय युवकको पनि मृत्यु भएको छ। प्रदर्शनमा घाइते भएका २० वर्षीय युवकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालले जानकारी दिए।
प्रहरीको गोली लागेर गम्भीर अवस्थामा अस्पताल लिएका उनको इमर्जेन्सीमा उपचार हुँदाहुँदै केहीबेर अगाडि मृत्यु भएको हो। उनको परिचय खुल्न नसकेको अस्पताल स्रोतले जनाएको छ।
यसअघि सिभिल अस्पतालमै प्रदर्शनका क्रममा घाइते भएका करिब ४४/४५ वर्षका पुरुषको पनि मृत्यु भएको थियो। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।