सामाजिक सञ्जाल खोल्न कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीसँग कुरा गर्ने

0 Shares

काठमाडौं । सामाजिक सञ्जाल खोल्न सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने भएका छन्।

दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जेनजीका कुरा सुन्न र सामाजिक सञ्जाल खोल्न सभापति देउवाको ध्यानाकर्षण गराएसँगै सभापति देउवाले प्रधानमन्त्रीसँग छलफल गर्ने भएका हुन्।

सभापति देउवालाई सोमबार डेढ घन्टा बूढानीलकण्ठमा भेट्दै दुवै महामन्त्री थापा र शर्माले जेनजीले उठाएका कुरालाई गम्भीरतापूर्वक सुन्न र प्रधानमन्त्रीसँग पनि कुराकानी गर्न आग्रह गरेका हुन्।

जेनजी पुस्ताको भावना आत्मसाथ गर्न सरकार सकारात्मक रूपले प्रस्तुत हुनुपर्ने कुरा सभापति देउवालाई भेटेर भनिएको महामन्त्री शर्माले जानकारी दिए। सरकारले गत बिहीबारदेखि नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेको थियो।

सम्बन्धित समाचार