जडीबुटी प्रशोधन कम्पनीमा भिषण आगलागी

0 Shares

काठमाडौं । बाँकेको जानकी गाउँपालिका ६ स्थित जडीबुटी प्रशोधन बाहुबली हर्बल प्रा.लि.मा भिषण आगलागी भएको छ ।

कम्पनीको परिसरभित्रको फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको हो ।

आगलागी नियन्त्रण गर्न स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, सेनासहित टोली खटिएको छ । जसका लागि नेपाल र भारत गरी ११ ओटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिएको छ ।

सम्बन्धित समाचार