0
Shares
काठमाडौं । सामाजिक सञ्जाल बन्दविरुद् बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, लगायत देशैभर युवाहरूले प्रदर्शन गरेका छन् । बिहानैदेखि उनीहरूले प्लेकार्ड र नारासहित प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले ‘मलाई बोल्न दे सरकार’, ‘नेताका छोराछोरी विदेश पढ्छन्, जनताका रातदिन पसिना चुहाउँछन्’लगायतका नारा लगाएका छन् ।
सरकारले सामाजिक सन्जाल बन्द गराएको विरोध गराएको विरोधमा जेनजीले दाङको घोराहीमा पनि प्रदर्शन गरेका छन् । राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका युवाहरुले ‘सामाजिक सन्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’ लेखिएको ब्यानर बोकेका छन् । उनीहरुले भ्रष्टाचार र अव्यवस्था विरुद्ध लेखिएका विभिन्न प्लेकार्ड समेत बोकेका छन् ।