0
Shares
काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमविरुद्धका रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेको छ। १० वटा निवेदन पेस हुन आएकामा सबै दरपीठ (दर्ता अस्वीकार) गर्ने निर्णय भएको प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
सर्वोच्चका रजिस्ट्रार मानबहादुर कार्कीले यी रिट दर्ता नहुने निर्णय गरेका हुन्।
मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले नेपालमा सञ्चालित सामाजिक सञ्जालका प्लेटफर्म ७ दिनभित्र सूचीकरण गर्नुपर्ने र त्यस अवधिमा सूचीकरण नभएका सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो।