0
Shares
काठमाडौं । पोखराको राष्ट्र बैंक चोकमा माइक्रो बस र स्कार्पिओ ठोकिँदा आठ जना घाइते भएका छन् ।
ड्यासाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङ चोकतर्फ आइरहेको बा १ प ८५१ नम्बरको माइक्रो हाइस ठोक्किएका हुन् ।
घाइते सबै चिनियाँ नागरिक हुन् । हाइसमा १३ जना चिनियाँ नागरिक सवार थिए । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । उनीहरूको अवस्था खरामुक्त छ ।