आईपीएल- ८९ रनमै सिमित भएको गुजरातमाथि दिल्ली हाबी

0 Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटान्स पराजित भएको छ । दिल्लीले बुधबार राति भएको खेलमा गुजरातलाई ६ विकेटले हराएको हो ।

दिल्लीको तेस्रो जितसँगै ६ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । समान अंक भए पनि गुजरात सातौं स्थानमा पुगेको छ । गुजरातले दिएको ९० रनको लक्ष्य दिल्लीले ६७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा गरेको हो ।

दिल्लीका ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए । कप्तान रिसब पन्त १६ र सुमित कुमारी ९ रनमा अविजित रहे । गुजरातका सुदीप वारियर २, स्पेसर जोन्सन र रासिद खानले समान एक एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले सबै विकेट गुमाएर ८९ रन बनाएको थियो । रासिद खानले ३२ रन जोडे । अरुले राम्रो गर्न सकेनन् ।

दिल्लीका मुकेश कुमारले ३, इशान्त शर्मा र ट्रिस्टन स्टुबले २ २, खलिल अहमद र अक्षर पटेलले एक एक विकेट लिए ।

सम्बन्धित समाचार