देउवाको फेसबुक पोस्टमा बालेन शाहको व्यङ्ग्यात्मक टिप्पणी

0 Shares

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित पार्टी कार्यक्रमसम्बन्धी आफ्नो फेसबुक पोस्टमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल दर्ता नभएसम्म बन्द गर्ने सरकारको निर्णयप्रति लक्षित गर्दै मेयर शाहले देउवाको पोस्टमा टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, “यो पोस्ट कुन भीपीएनबाट हो ? नेपाली हो कि विदेशी हो ? साह्रै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त ।”

कांग्रेस मुख्य साझेदार रहेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दर्ता नभएसम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि बालेनको यस्तो कमेन्ट आएको हो ।

यसअघि, विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले सामाजिक सञ्जाल बन्द गर्न नभई दर्तामा आउन मात्र भनिएको प्रतिक्रिया दिएका थिए । सोही दिन बेलुका भने उनले पार्टी कार्यक्रमका तस्बिरहरू आफ्नै फेसबुक खातामा अपलोड गरेका थिए ।

सम्बन्धित समाचार