सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

0 Shares

काठमाडौं । सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । आइतबार अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन प्रतितोला दुई लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज दुई लाख १२ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आइतबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला २५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन २४९० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार