0
Shares
काठमाडौं । सरकारले दर्ता नभएमा सामाजिक सञ्जाल बन्द गरेसँगै संसद्को लाइभसमेत बन्द हुने भएको छ ।
संसद सचिवालयले दिएको जानकारीअनुसार दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै सभामुख देवराज घिमिरेले संसद्को लाइभ प्रसारण र भिडियो आर्काइभ सुरक्षाबारे चासो देखाएका थिए ।
संघीय संसद्को दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रशारण हुँदै आएको थियो । सरकारले बिहीबार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।