काठमाडौं । नेपालको पहिलो र एक मात्र भिट्रिफाइड टायल्स लेमिनार टायल्सले काठमाडौंमा आफ्नो विशेष डिलर शोरूम सञ्चालनमा ल्याएको छ ।
काठमाडौंको कलंकीस्थित टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि.लाई आधिकारिक डिलरको रूपमा नियुक्त गरी लेमिनार टायल्सले यो शोरूम उद्घाटन गरेको हो ।
बुधबार आयोजित औपचारिक समारोहमा टन्केश्वर टाइल एण्ड मार्बल हाउसका सञ्चालक प्रज्ज्वल अधिकारी र लेमिनार टायल्सका निर्देशकद्वय अभिनभ चुरिवाल र आशुतोश खेतानले संयुक्त रुपमा ‘एम्पोरियो’ श्रेणीअन्तर्गतको डिलर शोरुमको उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै निर्देशक चुरिवालले लेमिनार टायल्सले देशभर एक सयभन्दा बढी विशेष शोरुम स्थापना गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । लेमिनार टायल्सका अर्का निर्देशक खेतानले लेमिनार भिट्रिफाइड टायल्स बलियो र टिकाउ रहेको, यसको लोड बियरिङ क्षमता र ब्रेकिङ स्ट्रेन्थ अरु टायल्सभन्दा बढी रहेको बताए ।
बर्दियाको गुलरियामा १२.५ बिगाह क्षेत्रफलमा अवस्थित अत्याधुनिक यूरोपेली प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्सको उत्पादन भइरहेको छ । कम्पनीले पाँच सयभन्दा बढी आकर्षक डिजाइनमा पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराएको छ ।
यी टायल्सहरु पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् । उच्च गुणस्तरको कच्चा पदार्थ तथा उन्नत उत्पादन प्रक्रियाका कारण अन्य सेरामिक टायल्सको तुलनामा चार गुणा बढी टिकाउ छन् ।