0
Shares
काठमाडौं। नेपाली एप ‘हाम्रो पात्रो’समेत बन्द हुने भएको छ। सरकारले नेपाली कानुनअनुसार सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने भएसँगै हाम्रो पात्रो पनि बन्द हुने भएको हो।
यसअघि सरकारले एक साताअघि नै मन्त्रिपरिषद्को निर्णयमार्फत नेपाली कानुनअनुसार दर्ता नभएको सामाजिक सञ्जाल बन्द गर्ने जनाएको थियो। सोहीअनुसार सरकारले आजदेखि सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेको हो।
योसँगै नेपालमा दर्ता नभएका फेसबुक, ट्वीटर, म्यासेञ्जर, ह्वास्टएपलगायत एपहरू बन्द हुने भएका छन्। सरकारले तोकिएको समय सीमाभित्र दर्ता नभएका २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार बसेको बैठकले यी सामाजिक सञ्जालालई निष्क्रिय बनाउन दूरसञ्चार प्राधिकरणलाई पत्रकार गरेको छ।