साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको लक्ष्य

0 Shares

काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा साउदी अरेबियाले नेपाललाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले निर्धारित आठ ओभरमा सात विकेट गुमाएर ७३ रन बनाएको हो ।

नेपालका लागि करण केसी र अभिनास बोहराले दुई–दुई विकेट लिए । यस्तै, ललित राजवंशी र प्रतिश जिसीले एक–एक विकेट लिए ।

ब्याटिङतर्फ साउदी अरेबियाका अब्दुल वाहिडले सर्वाधिक ३७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकले रन बनाउन सकेनन् ।

नेपालको प्लेइङ ११ कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, प्रतिश जि.सी. र अभिनाश बोहरा छन् ।

सम्बन्धित समाचार