दुई लाख घुससहित खरिदार पक्राउ

0 Shares

काठमाडौं । मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख घुससहित पक्राउ गरेको छ ।

उनले फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्न सेवाग्राहीसँग घुस मागेका थिए ।

अख्तियारको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा कार्यलय परिसरबाटै मोबाइल डिभाइससहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता एवम सहसचिव राजेन्द्रकुमार पौडेलले बताए ।

उनका अनुसार पक्राउ परेका भण्डारीमाथि थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार