गोंगबुबाट चार करोड नगद बरामद, कति किलो थियो सुन ?

0 Shares

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं महानगर २६ गोंगबुस्थित टाउन प्लानिङबाट चार करोड २५ लाख ५० हजार नगदसहित ९ किलो आठ सय ३७ दशमलव ९६ ग्राम सुन बरामद गरेको छ । यस्तै, तीन किलो २१८ दशमलव ४९२ ग्राम चाँदी फेला परेको छ ।

गोरखा जिल्ला गोर्खा नगरपालिका ६ गोर्खा बसपार्क घर भई हाल काठमाडौं महानगर २६ सामाखुसी क्षेत्र बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको सम्पत्ति बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, ‘श्रेष्ठको घरमा स्रोत नखुलेको अकुत सम्पत्ति र अवैध तरिकाबाट राखेको सुन र चाँदीको गरगहना छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा नगद र सुनचाँदी बरामद गरिएको हो ।’

सम्बन्धित समाचार