0
Shares
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि असर परेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो। मंगलबार प्रतितोला सुन दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला दुई हजार बढेको हो। चाँदीको मूल्य प्रतितोला पाँचले घटेर दुई हजार ४८० कायम भएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।