काठमाडौं । विश्व प्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल रेडमी १५ र रेडमी १५ सी नेपालमा सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोन अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र नयाँ फिचरसहित उपभोक्तालाई उत्कृष्ट अनुभव दिलाउने उद्देश्यले सार्वजनिक गरेको हो ।
रेडमी१५: शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन
रेडमी १५ विशेष गरी लामो समयसम्म ब्याट्री र उत्कृष्ट प्रदर्शन चाहने उपभोक्तालाई लक्षित गरिएको छ । यसमा ७००० एम्पियर क्षमताको विशाल ब्याट्री छ । जुन सजिलै दुई दिनसम्म टिक्न सक्छ ।
यसमा रहेको ३३ वाट फास्ट चार्जिङ सुविधाले छोटो समयमा चार्ज गर्न सकिन्छ भने १८ वाट रिभर्स चार्जिङ सुविधाका कारण आपतकालीन अवस्थामा पावर बैंकको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
यसको ६.९ इन्चको एफएचडी प्लस डिस्प्ले रहेकोर १४४ हर्ज रिफ्रेसरेटले अत्यन्तै सजिलो अनुभव प्रदान गर्दछ । टियूभी राइनल्याण्ड ट्रिपल आई केयरको सुविधा भएकाले आँखाको सुरक्षामा मद्दत गर्छ । आकर्षक क्वाड कर्भ डिजाइनले फोनलाई सजिलै समात्न र प्रयोग गर्न सहज बनाएको छ । साथै, आईपी ६४ सुरक्षाले सामान्य धुलो र पानीका छिटाबाट समेत सुरक्षित राख्छ ।
फोटोग्राफी प्रेमीहरूका लागि यसमा ५० एम्पियर एआई डुअल क्यामेरा प्रणाली र ८ एमपी फ्रन्ट क्यामेरा उपलब्ध छ । शक्तिशाली स्न्यापड्रागन ६८५ चिप, उन्नत हाइपरओएस २ र गुगल जेमिनीका साथ यसले गेमिङदेखि मल्टी टास्किङसम्म चलाउन सहजता सुनिश्चित गर्छ । साथै, यसमा २ टिबीसम्मको एक्स प्यान्डे बल स्टोरेजको सुविधा पनि छ ।
रेडमी १५ सी: आकर्षक र स्मार्ट
रेडमी १५ सी आफ्नो ७.९९एमएम स्लिम र प्रिमियम डिजाइनका कारण आकर्षक देखिन्छ । यो रेडमी १५ भन्दा स्लिम भए पनि यसमा रहेको ६००० एम्पियर क्षमताको ब्याट्रीले दिनभरि टिक्ने क्षमता राख्छ । यसमा ३३ वाट फास्ट चार्जिङ र १० वाट रिभर्स चार्जिङ सुविधा रहेको छ । साथै, कम्पनीले यसमा २ वर्षको वारेन्टी उपलब्ध गराएको छ ।
यसमा ६.९ इन्चको एचडी प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेसरेट रहेको छ । जसले गेमिङ र स्क्रोलिङलाई अझै सहज बनाउँछ । मिडियाटेक हेलियो जी ८१ अल्ट्रा प्रोसेसरले द्रुत र स्थिर प्रदर्शन सुनिश्चित गर्छ । यसमा पनि ५० एमपी एआईडुअल क्यामेरा र ८ एपी फ्रन्टक्यामेरा उपलब्ध छन् । जसले पोर्ट्रेटवानाइट मोडसहितका उत्कृष्ट फोटो खिच्न सक्षम बनाउँछ ।
रेडमी १५ सी मा पनि १ टिबीसम्मको एक्स प्यान्डेबल स्टोरेज सुविधा, नवीनतम् हाइपर ओएस २ गुगल एआईका खोजका लागि सर्कल तथा जिमिनी जस्ता स्मार्ट फिचरहरू उपलब्ध छन् । साथै, आइपी६४ सुरक्षासहित यो फोन धुलो र पानीबाट सुरक्षित रहन्छ ।
नयाँ स्मार्ट फोनले उत्कृष्ट ब्याट्री लाइफ, उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र स्मार्ट फिचरसहित नेपाली उपभोक्तालाई सेवा प्रदान गर्ने शाओमीले विश्वास व्यक्त गरेको छ ।
विभिन्न आकर्षक रंगमा उपलब्ध
रेडमी १५ तीन आकर्षक रंगमा उपलब्ध छ। बलौटे बैजनी, टाइटन खैरो र मध्यरात कालो । यस्तै, रेडमी १५ सी तीन चम्किला रंगमा उपलब्ध छन्।
मूल्य र भेरियन्ट
रेडमी १५
६GB + १२८GB : रु. १८,९९९
८GB + २५६GB :रु. २१,९९९
रेडमी १५C
४GB + १२८GB :रु. १४,९९९
६GB + १२८GB :रु. १६,४९९
८GB + २५६GB :रु. १८,९९९