0
Shares
काठमाडौं । प्रहरीले गोंगबुस्थित एक घरबाट ठूलो परिणामको पैसा र सुन बरामद गरेको छ । घरमा छापा मारेसँगे प्रहरीले मंगलबार झण्डै चार करोड नगद बरामद गरेको हो ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार प्रहरी टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको हो। छापा मारेर बरामद गरेको हो ।
यस क्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाका विनोद श्रेष्ठ रहेका छन् ।
अहिले घटनास्थलमा काठमाडौंका प्रहरी प्रमुख विश्व अधिकारीसमेत पुगेका छन् । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।