प्रधानमन्त्री ओली विश्वका शीर्ष नेताहरूको सामूहिक तस्बिरमा देखिएनन्

0 Shares

चीन । प्रधानमन्त्री केपी शर्मा ओली शांघाई सहयोग संगठन ९एससिओ०को शिखर सम्मेलनमा विश्वका शीर्ष नेताहरूबीच सामूहित तस्बिर लिने क्रममा अनुपस्थित भएका छन् ।

यस क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी देखिएका छन् ।

यस्तै, बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को, पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ, उज्बेकिस्तानका राष्ट्रपति शव्कत मिर्जियोयेभ, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमन, काजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभ, किर्गिस्तानका राष्ट्रपति सदिर जापारोभ र इरानका राष्ट्रपति मसूद पेजेश्कियान देखिएका छन् ।

यसअघि, प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी, भारतीय समकक्षी मोदीसहित गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटलगायत नेताहरूसँग भेट गरेका थिए ।

सम्बन्धित समाचार