अरब सागरबाट जलवाष्प युक्त हावाको प्रवाह कायमैः यी क्षेत्रमा भारी वर्षा हुने

0 Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ ।

हाल मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

सोमबार देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी पहाडी र तराई भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका थोरै स्थान र बाँकी तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार