दसैँलाई सुकिला नोट भदौ २९ गतेदेखि साट्न सकिने

0 Shares

काठमाडौं । दसैँका लागि नयाँ नोट (सुकिला नोट) भदौ २९ गतेदेखि साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी दिएको हो ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू (विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी)बाट सहटी गर्न सकिने छ ।

यस्तै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट सर्वसाधारणका साथै संघ संस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ ।

यस वर्ष विजया दशमी असोजको १६ गते परेको छ । घटस्थापना ६ गते परेको छ ।

सम्बन्धित समाचार