फेरि बढ्न थाल्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । सोमबार सुनको मूल्य वृद्धि भएको छ । नयाँ वर्षको पहिलो दिन भारी मात्रामा गिरावट भएको सुनको मूल्य आज ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाला सुनको मूल्य एक लाख ३६ हजार ८०० रुपैयाँ रहेको थियो ।

यस्तै, तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला एक हजार ७१५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो ।

सम्बन्धित समाचार