नाउपामा विवाद चर्कियो रञ्जिता श्रेष्ठले बोलाइन बैठक

0 Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समिति बैठक बोलाएकी छन्। उनले भदौ १५ र १६ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएकी हुन्।

बैठक कान्तिपथको होटल एल्लो प्यागोडामा बस्नेछ। बैठकमा चार वटा कार्यसूची तय गरिएको छ। बैठकमा समसामयीक राजनीतिक विषय, विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य मनोनयन र निर्वाचन आयोगमा अध्यावधिक गर्ने विषयमा छलफल हुने अध्यक्ष श्रेष्ठले बताएकी छन्।

गत साउन १६ गतेको राष्ट्रिय भेलाबाट संरक्षक रेशम चौधरी पक्षले रञ्जिता श्रेष्ठलाई कारबाही गर्दै अध्यक्षबाट हटाएको थियो।
रेशम पक्षले लालवीर चौधरीलाई अध्यक्ष बनाउँदै निर्वाचन आयोगमा अद्यावधिका लागि निवेदन दिएको भए पनि आयोगले भेला नै अवैध भन्दै खारेज गरिदिएको थियो। त्यसपछि नाउपाको पहिलो पटक बैठक बस्न लागेको हो।

सम्बन्धित समाचार