काठमाडौंमा रोकेको बसमा स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु

0 Shares

काठमाडौं । काठमाडौं महानगर ३२ जडीबुटीस्थित आकासे पुल नजिक ‘पार्क’ गरिएको बसमा द्रुत गतिमा हुँइकिएको स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता अपिलराज बोहराका अनुसार आज झिसमिसेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका २ होक्सेका २३ वर्षीय नितेश नेपाल र नवलपरासी (पश्चिम) सुनवल नगरपालिा १ का २२ वर्षीय शिरीष पौडेलको उपचारका क्रममा मृत्यु भएको हो ।

सडक किनारमा बस राखेका त्यसका चालक दोलखाका सुवास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरेको छ ।

सम्बन्धित समाचार