खोलाले बगाउँदा बालिकाको मृत्यु

0 Shares

काठमाडौं । काभ्रेको पनौती नगरपालिका १ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ ।

इलाका कार्यालय प्रमुख इन्चार्ज प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीका अनुसार खोलाले बगाएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार साँझ ५ बजे भेटिएको हो ।

पहिचान खुल्न नसकेको उक्त घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । मृतक बालिकाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।

सम्बन्धित समाचार