ठेक्का सम्झौताभन्दा पहिले पक्की पुल निर्माण, दुई करोड लागत कम

0 Shares

लमजुङ । जिल्लाको दोर्दी गाउँपालिका १ र राइनास नगरपालिका ९ जोड्ने तार्दीखोलामा पक्की पुल निर्माण भएको छ । आगामी चैत महिनासम्म निर्माण अवधि रहेको यस पुल सात महिनाअगाडि सम्पन्न भएको हो ।

पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख नरेशराज जोशीका अनुसार यो पुल चाँडै नै निर्माण सकिएको हो। उनले भने, ‘सम्झौताअनुसार समयअगावै सम्पन्न हुने योजना कमै छन्, सोमध्ये एक पुल हो यो ।’

ओससिस आङबुहाङ जेभीले निर्माणको ठेक्का लिएको पुल पाँच करोड १२ लाख २८ हजार स्टिमेट गरे पनि ठेकेदारले तीन करोड १९ लाख लागतमा निर्माण गरेको हो ।

सम्बन्धित समाचार