0
Shares
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपानेलाई भएको छ । सरकारी कर्मचारीको कुलिङ पिरियडमा छेडखानी गरेका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि उक्त पद रिक्त भएको हो ।
संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिमा पठाउने गरी कांग्रेसले तयारी गरेको हो ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले न्यौपानेको नाम सिफारिस गर्ने सहमति भएको हो । समिति सभापतिका लागि आज मनोनयन र भोलि मतदानको समय तोकिएको छ ।
समिति सभापतिका लागि दिलेन्द्र बडु, हृदयराम थानी, सरिता प्रसाई, अम्बिका बस्नेतले समेत आकांक्षा देखाएका थिए ।