कार्यालय प्रमुख रिमालसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

0 Shares

काठमाडौं । खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध गैरकानूनी लाभ हासिल गरेको भन्दै अनुसन्धान गरेको थियो । जिल्लाको सोरु गाउँपालिका ५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य १७ सय मिटर हुनु पर्नेमा आधा मात्रै काम गरी पाँच लाख ६१ हजार रकम बढी भुक्तानी गरेको पाइएको छ ।

आयोगले कार्यालय प्रमुख रिमाल, सवइञ्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरूविरुद्ध पाँच लाख ६१ हजार बराबरको बिगो माग दाबी गरेको छ । आरोपीलाई बिगो बमोजिम कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार