सुनको मूल्यमा भारी वृद्धि, आज कति पुग्यो?

0 Shares

काठमाडौं । स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य भारी वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले बढेको हो ।

जसअनुसार आज एक तोला सुनको मूल्य एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । शुक्रबार एक तोला सुन एक लाख ९५ हजार २०० मा किनबेच भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । योसँगै चाँदीको मूल्य प्रतितोला दुई हजार ३५० मा कारोबार भइरहेको छ । गत शुक्रबार सोही परिणामको चाँदीको मूल्य दुई हजार ३१० रुपैयाँ थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार