गत साताको तुलनामा घट्यो सुनको मूल्य

0 Shares

काठमाडौं । स्थानीय बजारमा यो साता सुनचाँदीको मूल्यमा उतार चढाव भएको छ ।

अघिल्लो शुक्रबारको तुलनामा यो शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ र चाँदीको मूल्य पाँच रुपैयाँ तलमाथि भएको हो ।

अघिल्लो शुक्रबार सुन प्रतितोला एक लाख ९६ हजार २०० रुपैयाँ हुँदा चाँदीको मूल्य दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

यो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य एक लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदी मूल्य २० रुपैयाँले बढेर दुई हजार ३१० रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार